२०८१ मंसिर १३ , बिहिवार

सत्तारुढ दलहरुवीच संघमा मन्त्रिपरिषद् पुनर्गठन गरी प्रदेश सरकारलाई पूर्णता दिन सहमित

Kp Prachanda Madhav

सुनाखरी न्युज/ काठमाडौं ।

सत्ता साझेदार शीर्ष नेताहरुबीच संघीय मन्त्रिपरिषद् पुनर्गठन गर्ने र प्रदेश सरकारलाई पूर्णता दिने सहमति जुटेको छ ।

शीर्ष नेताहरुको सोमबार भएको  भेटवार्ताबाट संघको मन्त्रिपरिषद् पुनर्गठन र प्रदेश सरकारहरुलाई पूर्णता दिने सहमति जुटेको हो । सहमति जुटाउन सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वान अन वान र सामूहिक भेट गरेका थिए ।

 

अन्ततः तीनै जना सँगै बसेर अहिलेकै सत्ता समीकरणलाई बलियो बनाएर जान संघ र प्रदेशहरुको सरकारबारे सहमति जुटेको स्रोतले जनायो । प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिएपछि आफू नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन गर्ने र प्रदेश सरकारहरुलाई पूर्णता दिने गृहकार्य थालेका थिए ।

किनकि चौथोपटक विश्वासको मत लिँदा सत्ता समीकरणमै केही परिवर्तन आएको थियो । फेरिएको सत्ता समीकरण जोगाइरहन प्रधानमन्त्री प्रचण्डलाई जनमत, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जसपा नेपाल फुटाएर अशोक राईले बनाएको जसपालाई सरकारमा ल्याउनुपर्ने थियो ।