२०८१ पुष १५ , सोमवार

आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति लचिलो ल्याउने तयारीमा गभर्नर अधिकारी

Maha Prasad Adhikari

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति लचिलो ल्याउने बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो त्रैमासिक समीक्षामा नै लचिलो कार्यदिशा अवलम्बन गरेको बताए ।

 

उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरूसँग आवश्यक छलफलका माध्यमबाट लचिलो मौद्रिक नीति ल्याउने बताए ।

राष्ट्र बैंकले मौद्रिक नीति तयारीका लागि छलफल सुरु गरेको र अधिकांशको चासो कर्जा प्रवाह सहज बनाउनुपर्ने र ब्याजदर रहेको बताए ।

 

नेपालको लगानी र पूँजीगत खर्च उत्पादनशील क्षेत्रमा नहुँदा समस्या भएको गभर्नर अधिकारीले बताए ।