२०८१ पुष १५ , सोमवार

प्रभु बैंक लिमिटेड रSwisscontact/(NAMDP Phase II) बिच सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

२०८१जेठ २१ गते सोमबार प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme(NAMDP)PhaseIIबिच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरीSwisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने“Growing together : A Sustainable Agriculture initiative for Koshi Province”नामक परियोजनाका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा SwisscontactNepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase IIतर्फबाट प्रतिनिधि रीमा श्रेष्ठज्युले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनज्युले हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता/व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईने बैंकले जनाए ।