२०८१ आश्विन ५ , शनिवार

बलिउड अभिनेता वरुण धवन र नताशालाई पुत्रीलाभ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेता वरुण धवन बुवा बनेका छन् । पत्नी नताशाले मंगलबार छोरीलाई जन्म दिएकी छन् । सुत्केरी व्यथाले च्यापेपछि नताशालाई बिहान अस्पतालमा भर्ना गरिएको थियो ।

वरुणका पिता तथा बलिउड निर्देशक डेभिड धवनले घरमा लक्ष्मीले जन्म लिएको भन्दै सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।फ्यानले सामाजिक सञ्जालमा वरुणलाई पिता बनेकोमा बधाई दिइरहेका छन् ।

बलिउड निर्माता करण जोहरसहित सेलिब्रेटीले वरुण दम्पतीलाई बधाई समेत दिइरहेका छन् ।उनीहरुले २४ जनवरी २०२१ मा विवाह गरेका थिए । त्यसको तीन वर्षपछि पहिलो सन्तानलाई स्वागत गरेका हुन् ।