२०८१ आश्विन ५ , शनिवार

‘होस्टेल ३’ बाट डेब्यु गर्दै ‘भ्वाइस अफ नेपाल’ का रिहान गिरीले

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘भ्वाइस अफ नेपाल’को सिजन ४’ का फाइनलिस्ट रिहान गिरीले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । उनले केही दिनअघि ‘होस्टेल’को तेस्रो श्रृंखला साइन गरेका छन् ।

भुटानी नागरिक रिहानले ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनमा दमदार प्रस्तुति दिएका थिए । हिमालय टिभीको उक्त रियालिटी शोपछि उनको चर्चा नेपाल र भारतमा खुबै चल्यो ।भदौदेखि छायांकन सुरु हुने फिल्मका अन्य कलाकारका सामाजिक संजालकी कन्टेन्ट क्रिएटर सिम्रन पन्त र भारतको सिक्किमका कमेडियन पदम तामाङ पनि अनुबन्धित भएको जनाइएको छ ।

फिल्ममा उनले मानव नामक चरित्र निर्वाह गर्नेछन् । ‘हामीले एकदमै फ्रेस महसुस हुने कलाकारको आवश्यकता देख्यौं, सोही कारण फिल्ममा रिहान जोडिएका हुन्’ कँडेलले भने ।निर्माताले यसअघि यो फिल्ममा सामाजिक संजालका कन्टेन्ट क्रिएटर पारस बम ‘कुल ब्वाय’लाई अनुबन्धित गरेका छन् ।

यो फिल्मको छायांकन भदौदेखि सुरु हुने जनाइएको छ ।‘होस्टेल’ सिरिजबाट अनमोल केसी, सलोन बस्नेत, सुशिल सिटौला, सुशिल श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायतका कलाकारले डेब्यु गरेका छन्