सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार नेप्से परिसूचक ६.२२ अंकले बढेको छ।यसदिन नेप्से ०.२९ प्रतिशतले बढेर २०८५.३० विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार चार अर्ब ४० लाख ७० हजार २४३ रूपैयाँको कारोबार भएकोमा मंगलबार चार अर्ब आठ करोड ४७ लाख १५ हजार ८७७ रूपैयाँको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ वृद्धि भएको हो।१२५ कम्पनीको मूल्य घट्दा ११४ को बढ्यो भने ८ को स्थिर रह्यो ।
व्यापार समूह सबैभन्दा धेरै २.७ प्रतिशत (७९ अंक) बढ्यो । यस समूहमा जम्मा २ कम्पनी साल्ट ट्रेडिङ र विशाल बजार छन् । विशाल बजार कम्पनीको मूल्य स्थिर रहेर साल्ट ट्रेडिङको मूल्य ३ प्रतिशत बढेपछि समग्र समूह बढेको हो ।
बैंकिङ १, विकास बैंक २३, फाइनान्स ६, होटल तथा पर्यटन ५, जीवन बीमा ४८, उत्पादन ५२, माइक्रोफाइनान्स ६६ र निर्जीवन बीमा ५९ अंक बढे । अन्य ३ र हाइड्रोपावर समूह १५ अंक घटे ।