२०८१ कार्तिक २१ , बुधवार

हमासलाई गाजा युद्ध अन्त्य गर्ने इजरायली प्रस्ताव स्वीकार गर्न जी–सेभेनका नेताहरूको आह्वान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जी–सेभेन (सातको समूह) का नेताहरूले मङ्गलबार अमेरिकी राष्ट्रपति बाईडेनले रेखाङ्कित गरेको इजरायलको विस्तृत सम्झौतालाई समर्थन गर्नुका साथै हमासलाई यो सम्झौता स्वीकार गर्न आह्वान गरेका छन् ।“हामी, सातको समूह (जी–सेभेन) का नेताहरू गाजामा तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ, गाजामा मानवीय सहायताको पहुँच र दिगो वृद्धि, र इजरायली सुरक्षा र गाजाको नागरिक सुरक्षाको आश्वासन साथै संकटको स्थायी अन्त्य हुने राष्ट्रपति बाइडेनले उल्लेख गरेको विस्तृत सम्झौताको पूर्ण समर्थन गर्दछौ“, जी–७ का नेताहरूले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

“दुई राज्यबीचको सम्बन्ध सुधारका लागि शान्तितर्फको विश्वसनीय मार्गमा हाम्रो समर्थन छ“, उनीहरूले भने। “ यो सम्झौतामा अगाडी बढ्न इजरायल तयार छ र हमासलाई पनि यो प्रस्ताव स्वीकार गर्न आह्वान गर्दछौं“, जी–७ का नेताहरूले विज्ञप्तिमा बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायलले गाजामा हमाससँग चलिरहेको युद्धको युद्धविरामका मार्ग प्रदान गर्ने नयाँ प्रस्ताव प्रस्तुत गरेको घोषणा गर्नुभएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले कतारका अमिरसँग आज बिहान कुराकानी गरी हमासलाई सम्झौता स्वीकार्नका लागि सबै उपयुक्त उपायहरू अवलम्बन गर्न आग्रह गर्नुभयो ।यस हप्ताको सुरुमा बन्धकको रिहाई र युद्धविराम सम्बन्धमा भएको वार्तामा इजरायलले नयाँ प्रस्ताव प्रस्तुत गरेको नयाँ विचारहरूको विवरण खुलासा नगरी वार्तासँग परिचित एक कूटनीतिक स्रोतले मङ्गलबार सिएनएनलाई बताएका हुन् ।रासस/एएनआई