२०८१ आश्विन ५ , शनिवार

निर्देशक सुदर्शन थापालाई २ दिन हिरासतमा राख्न अदालतको अनुमति

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘प्रसाद २’को आर्थिक लेनदेनबारेको मुद्दामा पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीका अनुसार अदालतले २ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । थापा प्रसाद २ का निर्देशक पनि हुन् ।

निर्देशक थापाले ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’, ’अझै पनि’, ’प्रसाद २’, ‘सम्हालिन्छ कहिले मन’लगायतका फिल्म निर्देशन गरेका छन् ।