२०८१ मंसिर १० , सोमवार

महालक्ष्मी विकास बैंकद्वारा आफ्नो हरित पर्यावरणीय योजनाको निरन्तरता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागिआफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेष्ठ महिनातथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ ।

सोहीअनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवापुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा क्रमश विद्युतीय गाडीहरुको प्रयोग बढाउँदै जाने बैंकले जनाए । यस्ता कार्यक्रमहरुले राष्ट्रको पर्यावरण संरक्षण, नवीनऊर्जा प्रवद्र्घन तथादिगो विकासमा टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।

बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबार देखि २५ गते बिहिबार (तिनदिन) सम्म ‘महालक्ष्मीकर्पोरेट क्रिकेट लिग – २०२४’ (श्रृङखला ३) ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथावित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाए ।