सुनाखरी न्युज/ काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन् । उनले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मन्त्रिपरिषद्सहितको राजीनामा बुझाएका हुन् ।
राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।
यससँगै भारतीय राष्ट्रपति मुर्मुले माेदीको राजीनामा स्वीकृत गरेकी छिन् । यद्धपी नयाँ सरकारले कार्यभार नसम्हालेसम्म माेदी र मन्त्रिपरिषद्लाई पदमा बसिरहन आग्रह गरेकी छिन् ।
नरेन्द्र मोदील जून ८ मा तेस्रो पटक प्रधानमन्त्रीको रूपमा सपथ लिन सक्ने भारतीय संचारमाध्यमले जनाएका छन्।लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ ।