२०८१ पुष ८ , सोमवार

मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुंमा लागेको २.५ % अग्रिम आयकर थेग्न नसक्ने हुंदा स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सरकारले आर्थिक बर्ष २०८१/०८२ को लागि ल्याएको बार्षिक बजेटका समग्र पक्ष स्वागतयोग्य भएपनी कच्चा पदार्थ गहुंमा आर्थिक बिधेयक २०८१ बाट अग्रिम आयकर लागेको छ । गहुंबाट आंटा, सुजि, चक्की आंटा, चोकर जस्तो खाद्य बस्तु उत्पादन गर्ने उद्योगलाई यो अग्रिम आयकरको भारले प्रत्यक्ष मार पर्ने  संघको भनाइ छ  ।

कृषिमा आधारीत मैदा उद्योगलाई प्रत्यक्ष असर पर्ने भएकोेले मैदा उद्योगको कच्चा पदार्थ गहुंमा लागेको अग्रिम आयकर हटाउन संघले अनुरोध गरेका छन ।औद्योगिक प्रयोजनको लागि भारतबाट आयात हुने गहुं र व्यापारीले आयात गर्ने तयारी मैदा दुबैको भंन्सार महसु्ल र अग्रीम आयकर हेर्दा अब कच्चा बस्तु भन्दा तयारी बस्तु नेपालमा आयात गर्न सस्तो (गहुंको कर बढी र मैदाको कर कम ) हुने देखिन्छ । जसले गर्दा स्वदेशी मैदा उद्योग धारासाही हुने निश्चित छ ।

कृषिमा आधारित मैदा उद्योगबाट उत्पादित मैदा/आंटा देशमा आत्मनिर्भर भएको खाद्य बस्तु हो । कच्चा पदार्थ गहुं र तयारी मैदा आयातमा समान कर लगाउदा भोलिका दिनमा स्वदेशी मैदा उद्योग धमाधम बन्द भई ठुलो लगानी जोखिममा पर्न जाने  बताएका छन् । नेपाल सरकारसंग संघको अनुरोध छ ब्यापारिक प्रयोजनको लागि आयात गरीने गहुं र मैदामा कर लगाउदा हुन्छ । तर स्वदेशी उद्योगले औद्योगिक प्रयोजनको लागि आयात गर्ने गहुंमा अग्रिम आयकर नलगाउन संघको अनुरोध ब्यक्त गरे ।

गहुंमा अग्रीम आयकर लगााएको खण्डमा पर्ने असरहरु :
१. बिगत ५ बर्षदेखी देशमा आत्मनिर्भर भएको मैदा उद्योगमा भारी नोक्सानी भई उद्योग बन्द हुने ।
२. समायोजन नगरेको रकम (अग्रिम आयकर र बर्षको तिर्नु पर्ने आयकरको ब्यालेन्स रकम) अर्को बर्षको लागि अग्रेशन  गर्न अनुमति दिएको छैन र हामी यसलाई खर्चको रुपमा पनि बुक गर्न सक्दैनौं । यसमा आयकरको ऐनको प्रावधान प्रष्ट छैन ।
३. अग्रिम आयकरको रकम जुनकी आयकरबाट असुल गर्न मिल्ने अवस्था छैन । त्यसमा पनि बिक्री गर्नु भन्दा पूर्व लागतको रुपमा अग्रिम आयकरलाई जोडन एकाउन्टिङ प्रिन्सिपलको आधारमा नमिल्ने भएकोले यहां लागत बढी र बिक्री रकम घटन आउछ जुन की कुने हालतमा उपयुक्त देखिदैन ।
४. अतिरिक्त महसुलले मैदा/आंटाको मुल्य बढन गई आयातित मैदासंग प्रतिस्पर्धा गर्न नसक्ने ।
५. मैदा/आंटा/चोकरको अबैध आयातलाई प्रोत्साहन मिल्छ र राज्यको राजश्वमा नकारात्मक असर पर्न जान्छ ।
६. अरबौको स्वदेशी लगानी डुब्ने सम्भावना र रोजगारीमा प्रत्यक्ष असर पर्छ ।
७. स्वदेशी मैदा उद्योग बन्द हुंदा आयातित मैदा/आंटा/चोकरमा भर पर्नु पर्ने र उपभोक्ताले गुणस्तरिय पिठो खानबाट बन्चित हुने ।

स्वदेशी मैदा उद्योगले गहुंमा लागेको २.५०५ अग्रिम आएकर थेग्न नसक्ने हुंदा उद्योग निश्चित बन्द हुने  संघको भनाइ छ ।