सुनाखरी न्युज/ काठमाडौं ।
युगान्डाले टी-२० विश्वकप-२०२४ मा पपुवा न्यूगिनीलाई पराजित गरेको छ । प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो ।
पपुवा न्यूगिनीले दिएको सामान्य लक्ष्य युगान्डाले ७ विकेट गुमाएर १८।१ ओभरमा भेटाएको हो ।
लक्ष्य पछ्याउने क्रममा खराब ब्याटिङ गरेको युगान्डाले रिआजत अली साहको धैर्यतासँगै जित हात परेको हो । रिआजतले ५६ बल खेलेर ३३ रन बनाएर टिमलाई जिताए ।
अर्का ब्याटर जुमा मियागीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । ओपनर रोगर मुकासा र अर्का ब्याटर दिनेश नाक्रानी शून्य रनमै आउट भए ।
पपुवा न्यूगिनीका एली नाओ र नोर्मान भानुवाले दुईरदुई, चाद सोपर र असाद भालाले एकरएक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको थियो ।