सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।उक्त दिन सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।