२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियर शो सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबारदेखि उनको पछिल्लो फिचर ‘गाउँ आएको बाटो’को देशव्यापी थिएट्रिकल प्रदर्शन हुँदैछ ।बिहीबार बेलुका काठमाडौंको बिग मुभिजमा फिल्मको भव्य प्रिमियर आयोजना गरियो । राई समुदायमा आधारित पहिलो फिल्म भएकाले सोही थिममा प्रिमियर समारोह आयोजना गरिएको थियो ।

प्रिमियरमा महेश राईको कथामा नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’मा कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य भूमिका छ । मिरुना मगर, केकी अधिकारी, स्वस्तिमा खड्का, कार्म, रामबाबु गुरुङ लगायत पनि प्रिमियरमा उपस्थित रहे । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किराती पनि फिल्म हेर्न पुगेका थिए ।

गाउँमा सडक पुगेपछि त्यसले ल्याउने पारिवारिक उतारचढावको कथा फिल्मले पेश गर्छ । क्यानडाको टोरन्टो फिल्म फेस्टिभलसहित संसारका चर्चित फेस्टिभलको चक्र पूरा गरेपछि यो फिल्म नेपालमा रिलिज हुन लागेको हो ।

निर्माता आमोद राईले प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको बताए । रामबाबु गुरुङको बाँसुरी फिल्म्स र नवीन सुब्बाको मान्छेयम फिल्म्सको संयुक्त ब्यानरमा फिल्मको देशव्यापी प्रदर्शन भएको हो ।