२०८१ आश्विन ५ , शनिवार

बलिउड अभिनेत्री कंगना रनौत भारतीय लोकसभा निर्वाचनमा विजयी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी बलिउड अभिनेत्री कंगना रनौतले लोकसभाको निर्वाचन जितेकी छन् ।

हिमाचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उनी विजयी भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।उनले कांग्रेसका उम्मेदवार विक्रमा दित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएको जनाइएको छ ।

मिडिया कुराकानीमा उनले आफ्नो जित प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको विश्वासको रुपमा रहेको बताएकी छन् ।कंगनाले पहिलो पटक चुनाव लडेकी हुन् ।