सुनाखरी न्युज/ काठमाडौं ।
फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।
साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले दुवै हाफमा २-२ गोल गर्यो ।
नेपालले समूह्य एचमा लगातार पाँच हार बेहोरेको हो । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४-० ले नै पराजित भएको थियो ।
पहिलो हाफमा नेपालले पनि गोल गर्ने राम्रो अवसर पाएको थियो । तर नेपाल अभागी बन्यो ।
नेपालले अब समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ । पाँच खेल हारेको नेपाल अन्तिम खेलमा गोल गर्ने र अंक जोड्ने लक्ष्यमा हुनेछ ।