सुनाखरी न्युज/ काठमाडौं ।
यो साता पनि बिश्व बजारमा सुनको मुल्यले उच्च रेकर्ड कायम गरेको छ । अमेरिकी डलरको मुल्यमा आएको तिव्र उतार चढावका कारण लगानीकर्ताह? सुरक्षित लगानी तर्फ आकर्षित हुँदा सुनको मुल्यमा चाप परेको बिश्लेषकह?ले बताएका छन् । बिश्व बजारमा साताको दोस्रो र चौथो दिन सामान्य तल झरेको मुल्य अन्य दिनह?मा भने बढ्यो । साताको पछिल्लो काराबार भएको दिन शुक्राबार मुल्यले रेकर्ड राखेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ उचाई कायम गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट बक्तब्य मार्फत सुनको भन्सार दरमा गरेको बृद्धिका कारण अघिल्लो साता पनि बढेको मुल्यमा बिश्व बजारमा आएको प्रभावले नेपाली बजारमा यो साता पनि मुल्यले रेकर्ड राख्यो । साताको दोस्रो र चौथो दिन सामान्य घटेको सुनको मुल्य पाचौं दिन उकालो लाग्यो साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम १ लाख २४ हजार ३ सय १५ ?पैयाँ पुगेर नयाँ रेकर्ड राखेको हो ।साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबारको मुल्य प्रति १० ग्राम २ हजार ५ सय ७० ?पैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ८६ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय २९ ?पैयाँ कायम भयो ।