२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘लण्डन टु पेरिस’को काठमाडौं प्रिमियर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रिलिज पूर्वसन्ध्यामा फिल्म ‘लण्डन टु पेरिस’को प्रिमियर गरिएको छ । बिग मूभिजमा आयोजित प्रिमियर समारोहमा ‘कास्ट एण्ड क्रू’सहित फिल्मकर्मी सहभागि रहे ।फिल्म हेरिसकेपछि निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण यो फिल्मले दिएको बताए ।

यो फिल्मबाट अभिनेताका रुपमा डेब्यू गरेका निश्चल खड्काले सानैदेखि आफूलाई हिरोका रुपमा पर्दामा हेर्न चाहेको कुरा अहिले आएर पुरा भएको बताए ।अर्का अभिनेता कवीर खड्काले आफूले कलाकारभन्दा पनि दर्शकका रुपमा फिल्म हेरेकाले ‘इन्जोय’ गरेको बताए । डेब्यु एक्ट्रेस गरिमा शर्माले सानो पर्दामा दर्शकको माया पाए जसरी ठूलो पर्दामा पनि त्यसरी नै माया पाउने आशा व्यक्त गरिन् । ‘आफूले दिन सक्ने शतप्रतिशत काम दिने प्रयास गरेको छु ।’उनले भनिन् ।

फिल्मले यात्राको क्रममा हुने प्रेमको कथा पेश गर्छ । एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ ।अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।