२०८१ कार्तिक २१ , बुधवार

‘गाओकाओ’ परीक्षामा लाखौं चिनियाँ विद्यार्थी सहभागी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चीनमा विद्यालयस्तरका बालबालिकाका लागि ‘फलामे गेट’का रूपमा मानिएको ‘गाओकाओ’ परीक्षा शुक्रबार शुरू भएको छ ।शिक्षा मन्त्रालयले यस वर्षको बहु–विषय गाओकाओ शृङ्खलामा सहभागी हुने विद्यार्थीहरूको सङ्ख्या उच्च हुने अनुमान गरेको छ । शिक्षा मन्त्रालयले यो परीक्षाका लागि एक करोड ३० लाख ४२ हजार परीक्षार्थीहरूले फारम भरेको जनाएको छ ।

आफ्ना एक सन्तानलाई लिएर परीक्षा हलमा पुग्नुभएकी ५० वर्षीया आमा झी हाइहोङले एएफपीसँग भन्नुभयो, “मानिसहरूले यो जीवनको सुरुवात हो भन्छन् । त्यसैले यसलाई उच्च महत्व दिएका छन् । कोही पनि सुस्त हुन चाहँदैन ।”शुभ चम्किलो रातो रङले सौभाग्य ल्याउँछ भन्ने आशामा आफ्नी छोरीलाई मध्य बेइजिङको परीक्षा स्थलमा पु¥याउनका लागि झीले परम्परागत किपाओ पहिरन लगाउनुभएको थियो ।

चीनको गाओकाओ अध्ययनले विद्यालयका विद्यार्थीहरूलाई चिनियाँ, अङ्ग्रेजी, गणित, विज्ञान र मानविकीजस्ता विषयहरूमा उच्च अध्ययन गर्न सक्षम बनाउने विश्वास गरिन्छ । परिणाम विश्वविद्यालयमा भर्ना हुनका लागि महत्त्वपूर्ण छ ।आर्थिक वृद्धिले जीवनस्तर उकास्नुका साथै आफ्ना छोराछोरीको भविष्यप्रति अभिभावकको अपेक्षाका कारण हालैका दशकहरूमा चीनमा उच्चस्तरीय शिक्षाको तीव्र विकास भएको छ ।विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकले महामारीपछिको पुनरुत्थानका लागि सङ्घर्ष गरिरहेको बेला नयाँ स्नातकहरूले प्रवेश गर्ने रोजगारीको बजार अहिले पहिलेको जस्तो गुलाबी छैन । उच्च युवा बेरोजगारी एक महत्वपूर्ण चिन्ताको विषय बनेको छ ।

“मलाई लाग्छ यो हुर्कने एक आवश्यक प्रक्रिया हो,” युवाहरूले सामना गर्ने दबाबको बारेमा सोधिएको प्रश्नमा झीले भन्नुभयो ।उहाँले थप्नुभयो, ‘गाओकाओ’ देशको लागि प्रतिभाशाली व्यक्तिहरू छान्ने एउटा विधि पनि हो ।उहाँले भन्नुभयो, “यो दबाबले नै मात्र मानसिक सहनशीलतालाई बढाउन र समाजमा काम गर्दा भविष्यमा यी दबाबहरू सामना गर्न सक्षम बनाउँछ भन्ने मेरो विश्वास छ ।”  रासस/एएफपी