२०८१ मंसिर ११ , मंगलबार

प्रतिस्पर्धी कृषितर्फ अघि बढ्न श्रीलङकाका राष्ट्रपतिको जोड

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सन् २०३० सम्ममा आधुनिक प्रविधि अपनाएर प्रतिस्पर्धी कृषितर्फ अघि बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

धान उत्पादनलाई प्राथमिकता दिएर प्रतिस्पर्धी निर्यात बजारमा सफल हुन सक्ने उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा राष्ट्रपति विक्रमसिङ्घले जोड दिनुभएको हो ।

विक्रमसिङ्गेल निर्यात बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उत्पादनहरू बन्द गर्न सल्लाह दिँदै प्रतिस्पर्धी उत्पादनहरूमा ध्यान केन्द्रित नगरी भविष्य सुरक्षित हुन नसक्ने बताउनुभयो ।

बिहीबार राष्ट्रपति सचिवालयमा बसेको कृषि आधुनिकीकरण कार्यक्रमको प्रगति समीक्षा बैठकमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।रासस/सिन्ह्वा