२०८१ मंसिर १३ , बिहिवार

नेप्से परिसूचकमा ४.५९ अंकको गिरवाट,कारोबार रकम भने बढ्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.५९ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २०७३ अंकमा कायम भएको छ ।

नेप्से घट्दा कारोबार रकम बढेको छ । अघिल्लो कदिन ४ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोड पुग्यो । ९७ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो भने ३ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९२ प्रतिशत (१५५ अंक) बढ्यो ।

त्यस्तै अन्य ०.१४, उत्पादन ३३, हाइड्रोपावर समूह २४ अंक बढे । व्यापार समूह सबैभन्दा धेरै १.५४ प्रतिशत (४७ अंक) घट्यो । त्यसबाहेक बैंकिङ १०, विकास बैंक २४, फाइनान्स १९, जीवन बीमा ६९, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा ४८ अंक घटे ।