२०८१ पुष १४ , आइतवार

प्रभु बैँक र सौराहा का १६ भन्दा बढि विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेश–५की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहा का शाखा प्रबन्धक मणि मानन्धर द्घारा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला बिभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणिय पर्यटकिय स्थलका रुपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा,देबघाट धाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्य का रुपमा लिन सकिन्छ ।

बिभिन्न देश तथा बिदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ ।बिश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, बिभिन्नप्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिप सफारी, हात्ति सफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिहरुको सांस्कृतिक,पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्षणर्को केन्द्र हो ।सो सम्झौता बमोजिम ग्राहकवर्ग तथा प्रभु बैँक लि.का कर्मचारीहरुका लागि आवासमा ८∞ देखी १५∞तथा खाना तथा पेय पदार्थमा १० ∞ देखी १५∞ सम्मका छुट प्राप्त गर्न सकिने बैंकले जनाए ।

सहभागी होटेलहरुको सुची निम्न अनुसार समावेश छ:
Hotel Aikawa Inn(Four Star Hotel), Sapana Village Lodge, Siddartha Villas Banbas,Chitwan(Hotel BanbasChitwan),Hotel Wildlife Camp, Park Safari Resort,Chautari Garden Resort, Rhino Lodge and Hotel,Hotel Royal Safari,The Park Century Hotel(VillagioRestaurent and Hotel),Travellers Jungle Camp,Hotel Mirage,Open Sekuwa Corner,River View Jungle Camp, Himalayan In, Jungle Safari Lodge, Royal Tiger Luxury Hotel.