२०८१ पुष १३ , शनिवार

स्क्वायर सहकारीको रकम हिनामिना गर्ने संचालकहरू पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

स्क्वायर बचत तथा ऋण सहकारी संस्था लि.केन्द्रीय कार्यालय, जिल्ला काठमाडौं, मखन २३ मा संचालित सहकारीका संचालकहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक र त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण

साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरि बचतकर्ताहरुको रू. ७,४०,८७,८६०.५९ अक्षेरुपी ( सात करोड चालीस लाख सतासी हजार आठ सय साठी रुपैयाँ

उनानसाठी पैसा) बचत रकम अपचलन तथा हिनामिना गर्ने संचालक समितिका अध्यक्ष बाशुदेव मान जोशी सहित ३ जनालाई काठमाण्डौ महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय, सहकारी विभागको पत्रको आधारमा जिल्ला काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौबाट दिन ७ (सात) को म्याद थप भई आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।

पक्राउ भएका व्यक्तिको विवरण :

१) नाम थर :- बाशु देव मान जोशी
वतन :- काठमाडौं जिल्ला, का.म.पा वडा नं. १४, कुलेश्वर
वर्ष :- ६६
पद :- अध्यक्ष
पक्राउ मिति :- २०८१/०२/२५ गते

२) नाम थर :- सुवर्ण सेलालिक
वतन :- काठमाडौं जिल्ला, का.म.पा वडा नं. २५, केलटोल
वर्ष :- ६७
पद :- सचिव
पक्राउ मिति :- २०८१/०२/२५ गते

३ ) नाम थर :- धर्म रत्न पाछैं
वतन :- जिल्ला, का.म.पा वडा नं.२६, नरदेवी
वर्ष :- ५८
पद :- सदस्य
पक्राउ मिति :- २०८१/०२/२५ गते