२०८१ मंसिर ११ , मंगलबार

भारतीय समकक्षी मोदीको नेतृत्वमा नेपाल-भारत सम्बन्ध समृद्ध हुने प्रधानमन्त्री प्रचण्डद्वारा विश्वास व्यक्त

prachand dahal

सुनाखरी न्युज/ काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ दिल्ली र भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री ‘प्रचण्ड’लाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा आयोजना गरिएको भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो ।

सपथग्रहणपछि भएको भेटपछि सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय समकक्षी मोदीलाई भेटी बधाई दिएको बताउनुभएको छ । सन्देशमा उहाँले दुई देशबीचको लामो समयदेखिको मित्रता थप सुद्दृढ हुनेमा आफु आशावादी रहेको बताउनुभएको छ ।“श्री नरेन्द्र मोदीजीसँग भेट भएको छ । भारतको प्रधानमन्त्रीका रुपमा लगातार तेस्रो कार्यकालको सपथ लिएपछि उहाँलाई नयाँ कार्यकालका लागि बधाई ज्ञापन गर्दछु,। ”

प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “भारत र नेपालबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने रणनीतिमा केन्द्रित रहेर छलफल भएको छ । हामीले नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल ग¥यौँ ।उहाँकै नेतृत्वमा भारतसँगको हाम्रो बहुआयामिक सम्बन्ध समृद्ध हुनेछ भन्नेमा म विश्वस्त छु ।”भारतको राष्ट्रपति भवनमा आइतबार भएको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री विशिष्ट अतिथिमध्ये एक हुनुहुन्थ्यो ।

मोदीको सपथ ग्रहण समारोहमा श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत विदेशी नेता सहभागी भएका थिए ।पर्यटक पथप्रदर्शक दिवस गुरुङ गुरिल्ला ट्रेकलाई ‘लुकेको हिरा’का रुपमा चिनाउन चाहानुहुन्छ । उहाँका अनुसार प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथिति आदि गुरिल्ला ट्रेकका विशेषता हुन् । “गुरिल्ला ट्रेक भर्जिन गन्तव्य हो, यसको ब्रान्डिङ गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला गुरिल्ला ट्रेकबाट नेपालको पर्यटन क्षेत्रले लाभ लिन सक्छ ।”

सो पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी बढाउनुपर्ने उहाँको भनाइ छ । “पदमार्ग भनेको पहिले मानिसले हिँडेकै बाटोमा हिँड्ने भन्ने हो, नयाँ पदमार्ग बनाउँदा पनि मौलिकताको ख्याल गर्नुपर्छ, पदमार्ग बनाउँदा कङ्क्रिटको प्रयोग गर्नुभएन”, गुरुङले भन्नुभयो, “ठाउँठाउँमा सूचनापाटी, चिया÷खाजाघर, विश्रामस्थल, होटल आदिको व्यवस्था गर्नुपर्छ ।” उहाँले सरकारले ग्रेट हिमालयन, मुन्धुम, गुरिल्ला ट्रेकलगायतमा पर्यटकीय पूर्वाधार निर्माणको घोषणा गर्नुलाई सुखद मान्नुपर्ने बताउनुभयो ।

“स्थानी, पर्यटनकर्मी, व्यवसायीलगायत सबै पक्षको सकारात्मक दबाब र पहलमा गुरिल्ला ट्रेकको विकासले कोल्टे फेर्न सक्छ, देशविदेशका पर्यटकमाझ नयाँ आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिन्छ”, गुरुङले भन्नुभयो । उहाँले गत साल मध्य बर्खामा ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गर्नुभएको थियो ।“अरू पदमार्गमा भन्दा बेग्लै अनुभव गुरिल्ला ट्रेकमा भयो, माओवादी जनयुद्धताका छापामार हिँडेको बाटो र युद्ध गतिविधि हुने स्थललाई समेटेर बनाइएको पदमार्ग भएकाले घुम्ने हुटहुटी र जिज्ञासा पहिलेदेखि नै थियो”, उहाँले सुनाउनुभयो । रोल्पाको सुनछहारी गाउँपालिकाका पर्यटन व्यवसायी तथा घरबास महासङ्घ लुम्बिनीका उपाध्यक्ष बालकुमार पुनले छोटो, मध्यम र लामो दूरीबाट गुरिल्ला ट्रेकमा यात्रा गर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । मध्यम दुरीको पदयात्रा गर्न १९ दिन लाग्ने पुनले बताउनुभयो । जुन बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिने पुनले बताउनुभयो । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाईसमेत समेट्ने उहाँको भनाइ छ ।

“ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुङ््ग्याउन सकिन्छ”, उहाँले भन्नुभयो, “युद्ध पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको हो ।”

बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दूरीमा उक्त ट्रेकको यात्रा गर्न सकिने उहाँले बताउनुभयो । “बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ÷दस दिनमै टुङ्ग्याउन सकिन्छ, समय र अरू व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर गुरिल्ला ट्रेकमा जान सकिन्छ”, पुनले भन्नुभयो ।

अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचेजसरी गुरिल्ला टे«कको विकास भने हुन नसकेको उहाँको भनाइ छ । “राज्यले पनि खासै हेरेन, पर्यटन सम्बद्ध सङ्घसंस्थाको पनि उपेक्षामा यो ट्रेक परिरहेको छ”, पुनले भन्नुभयो, “पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि गुरिल्ला ट्रेक यसै गुमनाम छ ।” सङ्घ सरकारको बजेटमा समेटिएकाले यसको विकासमा ठोस कार्यक्रम आउनेमा स्थानीय विश्वस्त रहेको उहाँको भनाइ छ ।

पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ‘ब्रान्डिङ’ गर्न सके गुरिल्ला पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । पर्यटक पथप्रदर्शक गुरुङले गुरिल्ला पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उल्लेख गर्नुभयो ।“छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बङ्कर, माओवादी नेताका बैठकस्थल आदिको अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण हिमशृङ्खलादेखि, धवलागिरि, गुर्जा, पुथा, चुरेनलगायत हिमालको दृश्यले पनि पदयात्रालाई रोमाञ्चकता प्रदान गर्छ ।”

उहाँका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो ट्रेकको प्रमुख आकर्षण हो । “गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ”, उहाँले भन्नुभयो, “अरू पदमार्गको भन्दा बेग्लै अनुभवका लागि गुरिल्ला ट्रेक रोज्न सकिन्छ, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो ।”अग्ला पहाड, भिरपाखा, खोला र खोँच हुँदै हिँड्नुपर्ने भएकाले गुरिल्ला पदयात्रामा निस्कँदा सोही किसिमको बन्दोबस्ती मिलाउनुपर्ने गुरुङले बताउनुभयो । गुरिल्ला ट्रेकमा पर्यटक आकर्षित गर्न सके यस क्षेत्रका एतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदा उजागर हुने उहाँको भनाइ छ ।

“माओवादी जनयुद्धबारे बुझ्न र अध्ययनका लागि यो पदमार्ग पाठशाला हुन सक्छ”, गुरुङले भन्नुभयो, “मगर जातिको सघन बसोबास रहेकाले तिनको भाषा, संस्कृतिको खोज–अनुसन्धान गर्ने थलोका रुपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिन्छ ।” विगतमा युद्धबाट गुज्रेका ग्रामीण बस्ती, त्यहाँको जनजीवन र संस्कृतिको अनुभव दिलाउन आन्तरिक तथा बाह्य पर्यटकलाई गुरिल्ला ट्रेकमा आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।

रुकुम पूर्वको भूमे गाउँपालिका–९ का अध्यक्ष विनोद बुढाले पछिल्लो समय गुरिल्ला पदमार्गको चर्चा सेलाउँदै गएको बताउनुभयो । “सुरुसुरुमा प्रचारमा पनि आयो, पूर्वाधार निर्माणका केही काम पनि भए तर अहिले यो ट्रेक ओझेलमा परेको छ, पर्यटक आएको पनि देखिन्न”, उहाँले भन्नुभयो ।  रासस/एएनआई