२०८१ मंसिर १३ , बिहिवार

८.९० अंकले बढ्यो नेप्से परिसूचक,नेप्सेमा साढे ५ अर्बको कारोबार

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

सोमबार नेप्से परिसूचक ८.९० अंकले बढेको छ।यसदिन नेप्से ०.४२ प्रतिशतले बढेर २०८२.०९ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

आइतबार पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रूपैयाँको कारोबार भएकोमा सोमबार पाँच अर्ब ४९ करोड छ लाख नौ हजार ७८२ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ वृद्धि भएको हो।यस दिन ३१४ वटा धितोपत्रको एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको हो।