सुनाखरी न्युज/ काठमाडौं ।
लक्ष्मी सन्राइज बैंकले ‘प्रोजेक्ट छप्’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ।सो पहलमार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको “Our Land, Our Future. We are #GenerationRestoration” भन्ने नारालाई आत्म साथ गर्दै देशभर ५,०००रुख रोप्ने लक्ष्य राखेको बैंकले जनाए।
जुन १ देखी ८ सम्मको सप्ताह भर बैंकले आफ्ना विभिन्न शाखाहरूमार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकॊ सहकार्यमा करिब ६,०००रूखहरू रॊपेकॊ छ।यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो।
प्रोजेक्ट छप् सँगै लक्ष्मी सन्राइज बैंकले सोही दिवसमा आफ्नो एभाॊडेडइ मिसन रिपोर्ट (Avoided Emission Report) पनि सार्वजनिक गरेको थियो।यस प्रतिवेदनले नवीकरणीय ऊर्जा-विशेषगरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ।यस क्षेत्रमा गरिएको लगानीमार्फत बैंकले कुल२५,१३४.१८tCO2e कार्बन उत्सर्जन हुनबाट जोगाएको छ।
यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल(PCAF) रिपोर्टकै निरन्तरता पनि हो।लक्ष्मी सन्राइज बैंक२०२१देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (Partnership for Carbon Accounting Financials – PCAF)मा संलग्न रहेको छ।
यस्तै विभिन्न वातावरणमैत्री पहलहरु अघि बढाउँदै लक्ष्मी सन्राइज बैंकले आफ्नो #Green र #Responsible मूल्यहरु आत्मसाथ गर्दै “Orange Loves Green” नारालाई मूर्त रूप दिएको छ।
वातावरण संरक्षणमा बैंकले गर्दै आएका विभिन्न पहलहरुमध्य एक रहेको प्रोजेक्ट छप्ले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्याउने कुरामा बैंक विश्वस्त छ।