सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।सोमबारदेखि स्थिर रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ। चाँदी मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।