सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजर परिसूचक नेप्से लगातार दोस्रो दिन पनि वृद्धि भएको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३३.१५ (१.५) प्रतिशत० ले वृद्धि भएर २११५.२४ को बिन्दुमा बन्द भएको छ ।
हाइड्रोपावर उपसूचकसँगै बैंकिङ उपसूचकले पनि साथ दिँदा मंगलबार नेप्सेमा १ प्रतिशतभन्दा माथिको वृद्धि देखिएको हो ।
पछिल्लो केही समय सप्लाई आउँदा पनि उक्त सप्लाईलाई खरिद गर्दा कारोबार रकम उच्च भएको थियो भने बजार बढ्नका लागि आधार समेत बन्दै गएको थियो । जसले गर्दा मंगलबार नेप्से २१०० को बिन्दु नाघेर बन्द भएको छ ।