२०८१ आश्विन ५ , शनिवार

एलिना चौहानले रुदै भिडियो बनाएपछि…

elena chauhan

सुनाखरी न्युज/ काठमाडौँ ।

विवाहपछि अस्ट्रेलिया पुगेकी गायिका एलिना चौहानले रुँदै बनाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि फ्यानहरू तरङ्गित भएका छन् ।अष्ट्रेलियामा उनले गीत रेकर्ड गराउने, रिल्सहरु बनाउने लगायतका विभिन्न कार्यक्रम गरिहरेकी छन् ।भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन् ।

उनले एक हिन्दी गीतमा भिडियो बनाएकी छन् । गीतको बोल छ– ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे ।’भिडिओमा देखिए अनुसार उनी रोइरहेकी छन् र उनका अनुहारमा राता डामहरू छन् । भिडिओ सामाजिक संजालमा भाइरल भइरहेका कारण उनका फ्यानहरूलाई चासो र चर्चाको विषय बन्न पुगेको छ ।

उसो त, अनुहारमा देखिएका राता डाम नक्कली पनि हुन सक्छन् र रोइरहेको भिडिओ उनको अभिनय पनि हुन सक्छ । तर, उनले पोष्ट गरेको भिडिओमा लेखिएको क्याप्सन भने पक्कै अभिनय होइन । एलिनाको गीत चयन र लेखेको क्याप्सन अर्थपूर्ण छ ।खासमा उनले अभिनय गरेर बनाएको भिडिओ हुनसक्छ । अनुहारका डामहरू नक्कली हुन सक्छन् । तर, एलिनाको गीत चयन र लेखेको ‘क्याप्सन’ले त्यसलाई शंका दिएको छ ।भिडिओमा लेखेकी छिन्, ‘‘एक सच्चा मानिसले तपाईलाई रिसाए पनि सम्मान गर्नेछ । याद राख्नुहोस् ।’’

एलिनाले कसलाई ईंगित गरेर लेखेकी हुन् भन्ने प्रस्ट छैन । कमेन्टमा कतिपयले श्रीमान्–श्रीमतीबीच केही खटपट भएको हो कि भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । कतिले चाहीँ भाइरल हुन नाटक गरेको आरोप पनि लगाएका छन् । यसअघि उनीहरुबीच ब्रेकअप भएको हल्ला थियो, जुन एलिनाले स्विकारेकी थिइनन् । पछि वैशाखमा बिहे भएको थियो ।