२०८१ पुष ८ , सोमवार

असारदेखि मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिने

Melamchi

सुनाखरी न्युज/ काठमाडौं ।
मेलम्चीको पानी असारदेखि  काठमाडौं पठाउन बन्द गरिने भएको छ । बर्खा सुरु भएकाले सुरुङलाई गेग्य्रान छिर्नबाट जोगाउन पानी बन्द गर्न लागिएको हो । अहिले मेलम्चीबाट दिनको करिब २० करोड लिटर पानी आउने गरेको छ । तर पानी कति समयसम्म बन्द रहने यकिन नभएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।

०७८ साल असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । गत असारमा बन्द गरिएको पानी ६ महिनापछि अर्थात् माघ १ देखि उपत्यकामा वितरण गरिएको थियो । तीन वर्षदेखि मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौंमा वितरण गरिँदै आएको छ ।

 

गत वर्षजस्तै मेलम्चीको पानी यस पटक पनि बन्द गर्ने तयारी रहेको कार्यकारी निर्देशक लामिछानेले बताए । ‘जल तथा मौसम विज्ञान विभागले आगामी जेठ ३१ बाट मनसुन सक्रिय हुने सूचना दिएकाले खानेपानी मन्त्रालयको निर्णयअनुसार असार १ बाट पानी बन्द गर्ने सोचमा छौं,’ उनले भने । अहिले दुई जना इन्जिनियरसहित परामर्शदाता तथा निर्माण व्यवसायीबाट समेत ५ जना कर्मचारी मुहान क्षेत्रमा परिचालन गरिएको उनले जनाए ।

‘मुहानभन्दा केही माथि नाकोटे क्षेत्रमा बाढी आएरनआएको बारे जानकारी दिने गरी एक जना हेरालुलाई पारिश्रमिक दिएरै राखिएको छ,’ लामिछानेले भने, ‘उनले दिएको बाढीको सूचनाका आधारमा मुहानबाट सुरुङमा पठाएको पानी बन्द गरिनेछ ।’ मुहानमा सामान्य रूपको धमिलो आउँदासम्म पानी काठमाडौं पठाउने योजना रहेको उनले सुनाए ।

बाढी आएर बाटो बन्द हुने खतरा रहेको ठाउँनजिकै एक्स्काभेटर तयारी अवस्थामा राखिएको लामिछानेले जानकारी दिए । ए