२०८१ मंसिर १३ , बिहिवार

नेपाल मेंं हिंदी : स्थिति और संभावनाएं कृतिमाथि सङ्क्षिप्त टिप्पणी

WhatsApp Image 2024-06-11 at 21.43.31_03792470

डा. फणीन्द्रराज निरौला, त्रिवि, पद्मकन्या ब. क्याम्पपस, काठमाडौँ  ।
१.विषय परिचय:
डा. विमलेश कान्ति वर्मा तथा डा सञ्जीता वर्माद्वारा सम्पादित नेपाल में हिंदी : स्थिति और संभावनाएं (सन् २०२४) कृतिको नेपाल र भारतका उच्चपदस्थ व्यक्तित्वहरू तथा लब्धप्रतिष्ठित लेखकहरूको समुपस्थितिमा भर्खरै काठमाडौँमा सार्वजनिक गरिएको छ । हिन्दी बुक सेन्टर दिल्लीबाट प्रकाशित यस कृतिमा पन्ध्रजना विद्वान्÷विदुषीहरूका खोजमूलक वा अनुसन्धानमूलक बिसओटा लेखहरूमा मूलतः नेपालमा हिन्दी भाषा साहित्यका साथै तराई क्षेत्रमा बोलिने मैथिली, भोजपुरी, अवधीलगायतका भाषा साहित्यको पनि विशद चर्चा गरिएको छ । हिन्दी भाषा साहित्यका लब्धप्रतिष्ठित विद्वान् तथा विगत पाँच दशकभन्दा लामो समयदेखि दीर्घ साधना गरी आप्mनो नाम स्वर्णाक्षरले लेखाउन सफल विमलेश आपैmँमा भारतीय वाङ्मयका क्षेत्रमा सुपरिचित नाम हो भने डा. सञ्जीता वर्मा नेपालमा लामो समयदेखि साहित्य र समालोचनाका क्षेत्रमा काम गर्दै आएकी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत विदुषी हुन् । यस्ता सुपरिचित विद्वत्वर्गबाट सम्पादित यो कृति तीन खण्ड र चार सय तीन पृष्ठमा विस्तारित छ । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का महानिर्देशक तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसालज्यूको शुभकामना मन्तव्यले यस कृतिको ओज र गरिमा बढाउन ठूलो मद्दत पुगेको छ भने सम्पादक विमलेश कान्ति वर्माज्यूको लामो प्राक्कथनबाट यो कृतिको प्रकाशन गर्नुको उद्देश्यमाथि प्रकाश पारिएको छ । यस कृतिको उद्देश्यका बारेमा वर्माले उल्लेख गरेका छन्ः
नेपाल में हिंदी अध्ययन अनुसन्धान के लिए एक ठोस भूमि बन सके इसके लिए आवश्यकता है एक ऐसे ग्रन्थ की जो देश में “हिंदी की स्थिति और संभावनाओँ” को सही रूप में विचारकों, नीति निर्धारक और राजनेताओं के सम्मुख प्रस्तुत कर सके, इसी दृष्टि से नेपाल के सभी हिंदी विद्वानों और विचारकों के सहयोग से एक विमर्श की आवश्यकता अनुभव की गई जिस का परिणाम यह पुस्तक …। (पृ. १३ं)
उल्लिखित टिप्पणीको अनुशीलन गर्दा यस कृतिको प्रकाशनको अन्तर्निहित उद्देश्य नेपालमा हिन्दी भाषा साहित्यको विगत तथा वर्तमानको वस्तुगत अवस्थाको मूल्याङ्कन गर्दै र भविष्यको मार्गचित्र प्रशस्त गर्न सम्बन्धित निकायलाई झकझक्याउने गूढार्थ निहित रहेको बुझिन्छ । यसरी नेपालमा हिन्दी भाषा साहित्यको विगत र वर्तमानको विस्तृत आयामलाई अनेक कोणबाट उजागर गर्ने उद्देश्यका साथ यो कृति तयार पारिएको छ । नेपाल र नेपालीप्रति सद्भाव, सत्प्रेम र भाइचाराको अनन्तकालदेखिको मित्रराष्ट्र भारत र नेपालबिचको सम्बन्धलाई अझ प्रगाढ र सशक्त बनाउने हेतुले जुन पुनीत कर्म सम्पन्न गरिएको छ यो प्रशंसनीय र स्तुत्य छ । यसका लागि यसको परिकल्पनाकार सम्पादकद्वय श्रद्धेय विद्वान्वि-दुषीप्रति हार्दिक बधाई दिन चाहन्छु र यस किसिमका कर्महरू आगामी दिनमा अझ बहुआयामिक बन्दै जाऊन् भन्ने शुभकामना पनि दिन्छु ।

 

२. सङ्कलित लेखहरूबारे टिप्पणी:
प्रस्तुत कृतिको ‘खण्ड एक’ मा सत्र अध्याय रहेका छन् र चौधजना विद्वान्÷विदुषीहरूका सत्रैओटा विभिन्न प्रकृतिका अनुसन्धानमूलक लेखहरू सङ्कलित छन् । यसमा प्रकाशित डा. सञ्जीता वर्माको ‘नेपाल और भारत–सांस्कृतिक ‘सद्भाव’ और ‘समभाव’ का आदर्श’ शीर्षकको पहिलो लेखमा नेपाल र भारतको आपसी सम्बन्ध र सद्भावको परम्परा सुदीर्घ मात्र होइन, अत्यन्त प्रगाढ एवम् आदर्शले भरिपूर्ण रहेको तथ्यलाई सूक्षमातिसूक्ष्म ढङ्गले अनुशीलन गरिएको छ । दुवै देशको सम्बन्धको आयाम कति व्यापक रहेको छ भन्ने यस लेखमा अभिव्यक्त निम्नानुसारको भनाइबाट स्पष्ट हुन्छ :
नेपाल और भारत बहुभाषिक, बहुधार्मिक, बहुजातीय तथा बहुसांस्कृतिक देश है । यहाँ विभिन्न भाषा बोल्ने वाले धर्म को मानने वाले रहते हैं । प्रकृति ने दोनों ही देशों का बडा सुन्दर शृङ्गार किया है । दोनों ही देशों में अतिथियों को देवतुल्य माना जाता है । … दोनों देश की नागरिक देवी देवताओं की बात छोड ही दें, पत्थरों तक की पूजा करते हैं । भारत में बदरीनाथ, द्वारका, पुरी और रामेश्वरम चार धाम हैं, जहाँ नेपाल और भारत के हिंदू अपने जीवन–काल में कम से कम एक बार तो अवश्य जाना चाहते हैं । (पृ.२३)
यसका अतिरिक्त यस लेखमा भारतीय एवम् नेपाली संस्कृतिका समान विशेषताहरूमाथि बुँदागत रूपमा सविस्तार उल्लेख गरेको पाइन्छ । दुई देश अलगअलग सार्वभौमसत्ता सम्पन्न मुलुक भए पनि समान सांस्कृतिक, धार्मिक, गणतान्त्रिक शासन व्यवस्थादेखि लिएर वैचारिक दृष्टिले पनि समान विशेषताहरू आत्मसात् गर्दै अघि बढिरहेको ऐतिहासिक सन्दर्भका आधारमा पुष्टि गरिएको छ ।
यस कृतिका मुख्य सम्पादक डा. विमलेश कान्ति वर्माका यसमा चारओटा लेखहरू प्रकाशित छन् । यसमा सङ्कलित ‘हिंदीः एक अक्षयवट’ शीर्षकको लेखमा हिन्दी व्यापक सामथ्र्य वहन गर्ने भाषाका साथै यसका मोटामोटी रूपमा सत्रओटा ग्रामीण शैलीहरू रहेको उल्लेख गरिएको छ । यस सन्दर्भमा लेखकको टिप्पणी यस प्रकार रहेको छः
…मोटे रूप में हिंदी की सत्रह प्रमुख ग्रामीण शैलियांतो हैं ही । यदि पश्चिम से हम यिनकी गणना प्रारंभ करें तो इनमें परिगणित होने वाले शैली रूप हैं– मारवाडी, मेवाती, जयपुरी, मालवी, खडीबोली, ब्रज, बुंदेली, हरियाणवी, कन्नौजी, अवधी, बघेली व छत्तीसगढी, मैथिली मगही व भोजपुरी, गढवाली व कुमाउंनी । ये सभी भाषा रूप हिंदी के क्षेत्रीय रूप हैं । (पृ.३१)
हिन्दी भाषाको साहित्य र शब्दभण्डार समृद्ध रहेको र यसका वक्तादेखि लिएर यसको देशविदेशसम्म पैmलावट व्यापक रूपमा भएको सगर्व उल्लेख गरिएको छ । यिनको ‘हिंदी ः तात्पर्य निर्णय’ शीर्षकको दोस्रो लेखमा हिन्दी भाषालाई ठुल्ठुला नेतादेखि लिएर विद्यालय र महाविद्यालयहरूमा समेत हिन्दी भारतको ‘राष्ट्रभाषा’ र ‘विश्व वन्दित संस्कृत हिन्दी भाषाको जननी’ भनी गलत सिकाइरहेको कुरा उल्लेख गरिएको छ । यस सम्बन्धमा वर्माजीले यस्तो तर्क अघि सारेको पाइन्छः
…हिन्दी का जन्म संस्कृत से नहीं अपभ्रंश से हुआ हैं । संस्कृत से पाली का जन्म हुआ, पाली से प्राकृत का जन्म हुआ, प्राकृत से अपभ्रंश का और अपभ्रंश से हिंदी का जन्म हुआ । (पृ. ३९–४०)
यस लेखमा भारतमा १६५२ भाषाहरू विद्यमान रहेको र तिनलाई चारओटा भाषापरिवारमा बाँडिएको भए पनि ‘भारत–युरोपीय भाषापरिवार’ का भाषा बोल्नेहरूको सङ्ख्या सर्वाधिक रहेको तथ्यसहित यस भाषाको इतिहास, क्षेत्र, शैलीगत भेदहरूका साथै यो भाषा देवनागरी लिपिमा लेखिने, भारत तथा नेपाललगायत विश्वमा पैmलिएको र भारतको राजभाषाका रूपमा सम्मानित भाषालाई हिन्दी भाषाका रूपमा परिभाषित गर्नुपर्ने लेखकको स्पष्ट धारणा उल्लेख गरिएको छ ।
यसै गरी नितेश कान्ति वर्माजीको ‘नेपाल का भाषायी परिदृश्य और हिन्दी’ शीर्षकको तेस्रो लेखमा भारतीय र नेपालीहरूको ऐतिहासिक, सांस्कृतिक, भाषिक आदि सम्बन्धको फेहरिस्तका साथै नेपालमा भारत–योरोपी, तिब्बती–चीनी, आँट्रिक–एसियाटिक, द्रविड, अन्य र अनिर्णीत गरी पाँच परिवारका भाषाहरू बोलिने गरेको तथ्यका साथै हिन्दी तथा नेपालीमा पाइने समानतालाई सोदाहरण प्रस्तुत गरिएको छ । नेपाली र हिन्दी भाषाको शब्दभण्डारको विशद चर्चासँगै तराईमा बोलिने भाषाहरूलाई नेपालको संविधानले राष्ट्रिय भाषाको सम्मान दिएको अनि यी भाषा बोलिने वक्ताहरूको सङ्ख्यालाई समेत तथ्यसहित उल्लेख गरिएको छ । यिनको ‘नेपाल में हिंदीः संभावनाएं और विकास की दिशाएँ’ शीर्षकको चौथो लेखमा नेपालमा हिन्दी भाषाको अवस्था, तराईमा बोलिने मैथिलीलगायतका भाषाहरूका साथै हिन्दी भाषाको विकासमा नेपालमा भएका प्रयत्नहरू र आगामी दिनमा राज्यस्तर र निजीस्तरबाट गरिनुपर्ने कार्यहरूको समीचीन चर्चा गरिएको छ ।
हिन्दी भाषा साहित्यका प्राध्यापक डिल्लीराम शर्माको ‘नेपाल में हिंदी भाषा–इतिहास, स्वरूप और समस्याएं’ शीर्षकको लेखमा नेपालमा नेपाली भाषापछि हिन्दी भाषा बोल्नेहरू उल्लेनीय रूपमा रहेको तथ्य प्रस्तुत गरिएको छ । यसका साथै नेपालमा हिन्दी भाषाको परम्परा अक्षुण्ण र सुदीर्घ रहेको चर्चा पनि गरिएको छ । साथै, नेपाल र भारतको भौगोलिक निकटता, धार्मिक, सांस्कृतिक एवम् भाषिक दृष्टिले सामीप्यता राख्ने दुई देशबिच यदाकदा एकअर्कालाई जनस्तरबाट होच्याउने गरेका सन्दर्भहरू र हिन्दी भाषाको प्रभावक्षेत्र केवल तराई मात्र नभएर पहाडी क्षेत्रमा समेत रहेको, व्यापार व्यवसाय तथा पत्रकारिता, शिक्षा, साहित्य आदिका क्षेत्रमा पनि यो भाषा पैmलिएको चर्चासहित हिन्दी भाषाको विकास र विस्तारमा नेपालको योगदान विशिष्ट रहेको अनुशीलन गरिएको छ ।
लामो समयसम्म जनकपुरमा रही हिन्दी भाषा साहित्यको प्राध्यापनमा जीवन समर्पित गरेकी आशा सिनहाको ‘नेपाल में हिंदी की ऐतिहासिक यात्रा’ शीर्षकको लेखमा हिन्दी भाषा धेरै विषयक्षेत्रमा पैmलिएको चर्चासँगै नेपालमा हजार वर्षभन्दा पनि पहिलेदेखि सिद्ध सन्त तथा नाथयोगीहरूले अपभ्रंश रूप हिन्दी भाषाका माध्यमबाट रचना गरेका र यसपछि नेपालका अनेक राज्यहरूमा यसको प्रयोग भएको अनि मल्लकाल तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानसँगै यसले आधिकारिकता प्राप्त गरेको तथ्य उजागर गरिएको छ । हिन्दीभाषी स्रष्टाहरूले मात्र होइन अन्य मातृभाषीहरूले पनि विविध विधाका माध्यमबाट हिन्दी भाषा साहित्यको संवद्र्धन गरेको ऐतिहासिक तथ्यलाई समेत यसमा सङ्क्षिप्त रूपमा अनुशीलन गरिएको छ ।
नेपालमा लामो समयदेखि हिन्दी भाषा र साहित्य एवम् समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएकी प्रा. डा. उषा ठाकुरको ‘नेपाल का हिंदी साहित्यः एक सिंहावलोकन’ शीर्षकको लेखमा नेपाली साहित्यकारहरू लोकेन्द्रबहादुर चन्द, केदारमान व्यथित आदिले हिन्दी भाषा साहित्यको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको चर्चाका साथै नेपाल हिन्दी भाषा साहित्यको अपूर्व भण्डार रहेको तथ्य अघि सारिएको छ । यसका साथै हिन्दी प्राचीन साहित्य (चर्यागीत) नेपालमै लेखिएको र यस भाषाको प्रयोग हजार वर्षभन्दा अघिदेखि बज्रयानी सिद्धहरू र नाथयोगीहरूबाट भएको बताइएको छ । मल्लकालमा हिन्दी भाषामा थुप्रै नाटक लेखिएका र भक्तिकाव्यका साथै भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइराला, मोदनाथ प्रश्रित, मोहनराज शर्मा प्रभृत्तिले हिन्दी साहित्यको संवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको सन्दर्भका साथै व्यक्तिगत र संस्थागत रूपमा पनि उल्लेखनीय काम भएका तथ्यहरू उजागर गरिएका छन् ।
लामो समयदेखि हिन्दी भाषा साहित्यको प्राध्यापन गर्दै आउनुभएकी डा. मञ्चला झाको ‘नेपाल में हिन्दी साहित्य की परिधि’ शीर्षकको लेखमा नेपालमा हिन्दी भाषाको प्रयोग कहिलेदेखि भएको हो भन्ने कुरा किटानसाथ उल्लेख गर्न सम्भव छैन भन्दै योगी नरहरिनाथले गरेको खोजलाई आधार मान्दा यसको इतिहास अवश्य नै एघार सय वर्ष पुरानो रहेको निष्कर्ष निकालिएको छ । नेपालमा हिन्दी भाषाको साहित्यिक प्रयोगचाहिँ जोसमणि नामक सम्प्रदायका कविहरूबाट भएको र नेपालमा नेपाली एवम् हिन्दी साहित्य लेखनको सुरुवात नाथ सिद्ध र जोसमनी सन्त परम्पराबाट भएको कुरा उल्लेख गरिएको छ । नेपालमा सन्त साहित्यको व्यापक विकास भएको तथ्य उजागर गर्नुका साथै माध्यमिक काल र आधुनिक कालका मोतीराम भट्ट, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, ध्रुवचन्द्र गौतमलगायत दर्जनौँ साहित्यकार र हिन्दीभाषी बुन्नीलालसिंह, उषा ठाकुर, सञ्जीता वर्मा, श्वेता दीप्ति आदिको योगदान र नेपाली साहित्यका प्रगतिवादी हिन्दी साकिारहरूले पुर्याएको ऐतिहासिक योगदानको समेत अनुशीलन गरिएको छ ।
यसै गरी सञ्जीता वर्माको ‘नेपाल में मैथिली भाषा और साहित्य’ शीर्षकको लेखमा नेपालमा नेपाली भाषापछि दोस्रो स्थान ओगट्न सफल मैथिली भाषा साहित्यको, भोजपुरी विशेषज्ञ गोपाल अश्कको ‘नेपाल में भोजपुरी भाषा और साहित्य’ शीर्षकको लेखमा भोजपुरी भाषा साहित्यको र अवधी भाषा साहित्यका विद्वान् विक्रममणि त्रिपाठीको ‘नेपाल में अवधी भाषा और साहित्य’ शीर्षकको लेखमा अवधी भाषा साहित्यको विकास र विस्तारबारे विस्तृत अनुशीलन गरिएको छ भने शिक्षक मुकेश मिश्रको ‘नेपाल में हिंदी शिक्षण–विद्यालय स्तर’ शीर्षकको लेखमा भारतको बनारसमा दीक्षित भएर क्रमशः नेपालीहरूले हिन्दी भाषाको सम्यक् ज्ञान प्राप्त गरेपछि नेपालमा हिन्दी भाषाको प्रचारप्रसार भएको र हिन्दी सेनिमा, सिरियल, गीत तथा सङ्गीतका माध्यमबाट व्यापक रूपमा पैmलिएको यस भाषाका बारेमा जनस्तरमा यदाकदा केही विवादहरू देखिए पनि तिनको निराकरण गर्दै लगिएको र विशेषतः उद्योगपति तथा भारतीय सरकारको लगानीमा दसओटा विद्यालयहरूमा हिन्दी भाषा साहित्यको अनिवार्य रूपमा पठनपाठन सन् १९९३ देखि हुँदै आएको विस्तृत विवरण प्रस्तुत गरिएको छ ।
हिन्दी भाषा साहित्यका प्राध्यापक विनोदकुमार विश्वकर्माको ‘नेपाल में हिन्दी अध्ययन और अनुसन्धान–स्नातक और स्नातकोत्तर स्तर’ शीर्षकको लेखमा हिन्दी भाषा नेपाली जनजीवनमा सदियौँदेखि सांस्कृतिक दृष्टिले पूर्णता प्राप्त गर्दै आएको र नेपालमा राणाकालदेखि नै पठनपाठन सुरु भए पनि पञ्चायती शासनकालमा विश्वविद्यालयको स्थापनासँगै स्नातक र स्नातकोत्तर तहमा पठनपाठनका साथै पाठ्यक्रम, अनुसन्धानका र प्रकाशनका क्षेत्रमा गरिएका कार्यहरूको सविस्तार विवरणसमेत प्रस्तुत गरिएको छ । साथै, नेपालमा पठनपाठनको ऐतिहासिक तथ्यको जानकारी एवम् शिक्षकहरूले हिन्दी भाषा साहित्यको विकास र विस्तारमा पुर्याएको योगदानको पनि स्पष्ट उल्लेख गरिएको छ ।
यस्तै हिन्दी भाषा साहित्यकी प्राध्यापक श्वेता दीप्तिको ‘नेपाल में हिंदी पत्रकारिता ः स्वरूप और विकास’ शीर्षकको लेखमा नेपालमा साहित्यिक पत्रकारिताको इतिहास वि. सं. १९५५ मा प्रकाशित ‘सुधासागर’ नामक पत्रिकाबाट भएको देखिए पनि हिन्दी पत्रिकाको प्रारम्भ भने प्रजातन्त्रको उदयसँगै भएको उल्लेख गरिएको छ र नेपालमा यस विधाको भविष्य उज्ज्वल रहेको बताइएको छ ।
हिन्दी भाषा साहित्यकी स्रष्टा एवम् सञ्चारकर्मी कञ्चना झाको ‘नेपाल और भारत ः अनुवाद का सेतु’ शीर्षकको लेखमा नेपाल तथा भारतबिच अनुवादको भूमिका अहम् रहेको तथ्य उजागर गर्दै लामो समयदेखि अनुवादका क्षेत्रमा योगदान दिँदै आएका विभिन्न बाइस विद्वान्÷विदुषीहरूले गरेका कार्यको सङ्क्षिप्त विवरण प्रस्तुत गरिएको छ भने राजनीतिज्ञ गोपाल ठाकुरको ‘नेपाल और हिन्दी ः राग विराग’ शीर्षकको लेखमा नेपालमा बोलिने प्रमुख भाषाहरूको यथार्थ विवरणका साथै हिन्दी भाषाको अवस्था, यसका प्रयोक्ता, हिन्दी भाषाप्रति नेपालीहरूको उपेक्षापूर्ण अवधारणा तथा यस भाषाको गरिमा र नेपालमा यसको विकासका लागि गर्नुपर्ने कार्यको मार्गचित्र प्रस्तुत गरिएको छ ।
यस कृतिको परिशिष्टमा पुस्तकालयकर्मी अंशुकुमारी झाको ‘त्रिभुवन विश्वविद्यालय में विद्यावारिधि उपाधि प्राप्त शोध ग्रन्थ ः एक अनुशीलन’ शीर्षकको लेखमा त्रिभुवन विश्वविद्यालय, हिन्दी केन्द्रीय विभागबाट विभिन्न विषयमा चारजना शोधकर्ताहरूबाट सम्पन्न शोधकार्यहरूको अनुशीलन गरिएको छ भने हिन्दी भाषा साहित्यकी प्राध्यापक मौसमी तिवारीको ‘नेपाल में हिंदी साहित्य ः कति और कृतिकार’ शीर्षकको लेखमा नेपाली साहित्यको कालविभाजनअनुसार प्राथमिक, माध्यमिक र आधुनिक कालमा हिन्दी स्रष्टाहरूको सिर्जनाकर्मको सङ्क्षिप्त विवरण प्रस्तुत गरिएको छ । यसै गरी हिन्दी भाषा साहित्यकी प्राध्यापक डा लक्ष्मी जोशीको ‘नेपाल के समकालीन हिंदी लेखक ः एक सङ्क्षिप्त विवरण’ शीर्षकको लेखमा नेपालका हिन्दी भाषाका लेखक तथा उनीहरूले विभिन्न विधाहरूमा पुर्याएको विशिष्ट योगदानको अनुशीलन गरिएको छ ।
यस कृतिको ‘खण्ड दुई’ मा ‘साहित्य संचयन’ शीर्षकअन्तर्गत प्राचीनकालदेखि वर्तमान कालसम्मका कृतिहरू सङ्कलित छन् भने ‘खण्ड तीन’ मा समय समयमा प्रकाशित अनेक प्रकृतिका समाचारहरू समेटिएका छन् र अन्तमा पठनीय कृति र लेखहरूको विवरण पनि दिइएको छ ।
३. निष्कर्ष:
उल्लिखित चर्चाका आधारमा यो हिन्दी भाषा साहित्यका विभिन्न विज्ञहरूबाट नेपालमा हिन्दी भाषा साहित्यको विगतदेखि वर्तमानसम्मको अवस्थाको छविचित्र निकै गौरवपूर्ण रहेको निष्कर्ष निकाल्न सकिन्छ । वास्तवमा यस क्षेत्रमा समर्पित विज्ञहरूबाट मिहिनेतसाथ तयार पारिएको यो खोजमूलक बहुउपयोगी कृतिका रूपमा देखापर्छ । यसले हिन्दी भाषा साहित्यमा क्षेत्रमा नेपाल र भारतबिचको सम्बन्धमा एउटा कोसेढुङ्गाको काम गर्नेछ भन्ने कुरा सङ्कलित रचनाहरूबाट भविष्यमा प्रमाणित हुनेछ । यो कृति हिन्दी भाषा साहित्यको अध्ययन अनुसन्धान गर्नेहरूका लागि पठनीय एवम् सङ्ग्रहणीय सामग्रीका रूपमा रहने निश्चित छ । यसका साथै नेपाल र भारतको सदियौँदेखिको सांस्कृतिक, धार्मिक, भाषिक, ऐतिहासिक आदि सम्बन्धलाई अझ प्रगाढ एवम् सुदृढ तुल्याउनेछ भन्ने विश्वास गर्न सकिन्छ ।
यस कृतिको ओज वा गरिमा आजीवन हिन्दी भाषा साहित्यका क्षेत्रमा लब्धप्रतिष्ठित विद्वान्÷विदुषीहरूका खोजमूलक लेखहरूले बढाएका छन् । यसमा हिन्दी भाषा र साहित्य स्रष्टाहरूप्रति पूर्णतः सम्मान वा आदरभाव प्रकट गरिएको छ । यसले अग्रजहरूप्रति सम्मान र अनुजहरूप्रति उत्प्रेरणा जगाउने कार्य गरेको छ । यसमा सङ्कलित सबै रचनाहरू आपैmँमा पूर्ण र कृतिको गरिमा बढाउन काफी छन् तर यसमा विभिन्न समाचार माध्यममा आएका समाचारहरू समावेश नगरिदिएको भए सुनमा सुगन्ध हुने थियो भन्ने अनुभव हुन्छ । जे होस् यति महत्त्वपूर्ण कृतिका परिकल्पनाकारको सपनाले साकार रूप पाएको पुनीत अवसरमा खुसियाली मनाउनुको विकल्प छैन ।
अस्तु !