२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘ह्रस्व दीर्घ’को पोस्टर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘ह्रस्व दीर्घ’ले अभिनेत्री नीता ढुंगानाको पात्रको लुक दर्शाउने पोस्टर सार्वजनिक गरेको छ । मंगलबार नेपाली र तेलुगू संस्करणका दुई पोस्टर सार्वजनिक गरिएको हो ।पोस्टरमा ढुंगानासहित ६ जना कलाकारको मुखाकृति पनि चित्रण गरिएको छ ।

नीता हातमा बज्र लिएर उभिएकी छन् । पोस्टरमा कलाकारहरु ब्रह्मानन्दम, अली, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ–आफ्नो चरित्रमा देख्न सकिन्छ ।

असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् ।‘ह्स्वदीर्घ’मा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, प्रदीप रावत, कवीर दुहान सिंहको समेत अभिनय छ ।

हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायाकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचिसकेका छन् ।