२०८१ असार १३ , बुधवार

नेप्सेमा उच्च अङ्कको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढेको छ।यसदिन नेप्से १.३० प्रतिशतले बढेर २१२१.६२ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रूपैयाँ वृद्धि भएको हो।यस दिन ३१२ वटा धितोपत्रको एक करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर किनबेच भएको हो।