सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ ।
उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्याएको जनाउँदै प्राधिकरणले केही दिनअघि क्याप्टेन लामा र क्याप्टेन भावना पन्तलाई उडानमा प्रतिबन्ध लगाएको हाे।
छानबिन समितिले क्याप्टेन भावना पन्तलाई कारबाही गर्नु नपर्ने देखिएपछि उनलाई रिलिज (उडानमा फर्काइएको) गरिएको प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले बताए।
उनका अनुसार क्याप्टेन लामाको विषयमा छानिबन भइरहेको छ।’यदि उडान सुरक्षा उल्लघंन गरेको पुष्टि भएमा नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ बमोजिम कारबाही हुनेछ,’ उनले भने।