२०८१ मंसिर १३ , बिहिवार

सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

Lumbini

सुनाखरी न्युज/ दाङ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्बिनी प्रदेशले सुनको आयातमा सरकारले गरेको भन्सार बृद्विको खारेजीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल सुनचाँदी व्यवसायी महाँसंघ लुम्बिनी प्रदेश सभापति धुर्बकुमार गहतराजको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

महासंघले सरकारले आर्थिक वर्ष ०८१-०८२ को लागी सुन आयातमा भन्सार शुल्क बृद्धि गरेको प्रति ध्यानाकर्षण गराउदै जेठ ३० गते बुधवार लुम्बिनी प्रदेश मुख्यमन्त्री जोखबहादुर महरालाई ज्ञापन पत्र बुझाएको हो ।

भन्सार विधेयक मार्फत सरकारले सुन आयातमा १५ प्रतिशत भन्सार कर अशुल्दै आएकोमा हाल ५ प्रतिशत थप गरी २० प्रतिशत भन्सार शुल्क बढाएकोमा महासंघले विरोध जनाएको छ । भन्सार कर बृद्धिले आम सुनचाँदी व्यवसायी र सर्वसाधारण नागरिक समेत मर्कामा पर्ने भएकाले उक्त भन्सार कर बृद्धि खारेजीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको महासंघ लुम्बिनी प्रदेशका सचिव हरिकृष्ण विकले जानकारी दिनु भएको छ ।

भन्सार कर बृद्धिको विरुद्धमा देशभर महासंघले सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा पनि ज्ञापन पत्र बझाइएको उहाले जानकारी दिनुभयो ।