२०८१ पुष ११ , बिहिवार

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : बुद्धिचाल जारी

Capture

सुनाखरी न्युज/ पोखरा ।

पोखरामा जारी यू – १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० अन्र्तगत बुद्धिचालका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् ।पोखरामा जारी बुद्धिचाल प्रतियोगिताको छात्रा तर्फको पहिलो चरणको खेलमा बाग्मती विजयी भएको छ । बाग्मतीले कोशीलाई ३ अंकले जितेको हो ।

छात्रा तर्फकै अर्को खेलमा लुम्बिनीले जित्यो । लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंक ल्याई विजयी भएको हो । त्यस्तै गण्डकी प्रदेश र सुदुरपश्चिम बिच भएको खेलमा सुदुरपश्चिमले सोझो सेटमा जित निकाल्दै विजयी हासिल गरेको हो ।पहिलो सेटमा कर्णालीले बाइ पाएको थियो ।

हिजो नै सम्पन्न भएको छात्रा तर्फको दोस्रो चरणको खेलमा गण्डकी,लुम्बिनी र बाग्मती विजयी भयो । सुदुरपश्चिम प्रदेशले बाइ पाएको थियो ।बुधबार नै भएको छात्रातर्फको तेश्रो राउण्डमा लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेश विजयी भए । बाग्मती प्रदेशले बाइ पायो ।यस्तै बुधबारनै सम्पन्न भएको छात्रतर्फ खेलमा बाग्मती प्रदेश विजयी भएको छ । बाग्मतीले कोशी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । अर्को खेलमा लुम्बिनी प्रदेशले जित हाँसिल गरेको जनाए ।

लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंकले पराजित गर्दै विजयी भएको हो । त्यस्तै अर्को खेलमा सुदुरपश्चिम विजयी भयो । उसले गण्डकी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । उक्त राउण्डमा कर्णालीले बाइ पायो ।बुधबार नै सम्पन्न भएको दोश्रो चरणको खेलमा गण्डकी, लुम्बिनी, बाग्मती विजयी भयो । उक्त राउण्डमा मधेश प्रदेशले बाइ पायो ।

तेश्रो राउण्डमा लुम्बिनी प्रदेश विजयी भयो । उसले कर्णाली प्रदेशलाई ३ अंकले पराजित गर्दै जित हाँसिल गरेको हो । गण्डकी प्रदेशलाई कोशी प्रदेशले ३ अंकले पराजित गर्दै विजयी भयो । त्यस्तै अर्को खेलमा सुदुरपश्चिमले सोझो सेटमा मधेश प्रदेशलाई पराजित गर्यो । बाग्मती प्रदेशले बाई पायो ।