सुनाखरी न्युज/ काठमाडौं।
प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्ट सँग विभिन्न सेवामाविशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक(Front Office)सुवास कार्की द्घारा हस्ताक्षर गरियो ।
सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहक वर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्तगर्न सक्ने बैँकले जनाएको छ ।
चण्डेश्वरी, धनेश्वर,देवीस्थान, गौखुरेश्वर,नमोबुद्ध,बेथान चोक नारायण,गोसाईकुण्ड(काभ्रे)जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश,जुगल जस्ता अन्य बिभिन्न हिमश्रृखलाहरुको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ । काठमाण्डौको कोलाहल बाट केहीबेर बाहिर निस्कन र रमाईलो गर्नका लागि यो एक उत्तम स्थान हो ।
आन्तरिक एवंम बाह्रय पर्यटकका लागी काभ्रे जिल्ला अति उत्तम र रमणिय स्थलको रुपमा प्रख्यात छ । बिहानको सुर्यको उदय देखी साँझको अस्थायको सुर्यास्थको दृश्य अवलोकन मज्जाले गर्न सकिने बताए ।