२०८१ आश्विन ११ , शुक्रवार

नेप्सेमा ९.३२ अंकको गिरावट, कारोबार बढेर करिब साढे ६ अर्ब नजिक

Share-Working

सुनाखरी न्युज/ काठमाडौं।

सेयर बजार परिसूचक नेप्से लगातार ३ कारोबार दिन बढेर बिहीबार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से ९.३२ अंक (०.४३ प्रतिशत) ले गिरावट भएर २११२.२९ को बिन्दुमा बन्द भएको छ ।

यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार छ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५५ करोड रूपैयाँ वृद्धि भएको हो।