२०८१ आश्विन ५ , शनिवार

‘भ्वाइस किड्स’ सिजन ३ को प्रिमियर

Capture

सुनाखरी न्युज/ काठमाडौं।

गायन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ३ को प्रिमियर गरिएको छ । बुधबार वान सिनेमाज हलमा आयोजित प्रिमियर समारोहमा प्रसारण च्यानल हिमालय टिभी र प्रायोजकबीच लिखित सम्झौता पनि भयो ।

कार्यक्रममा निर्देशक लक्ष्मण पौडेल, शोका जजहरु प्रमोद खरेल र छेवाङ लामा पनि सहभागि थिए ।प्रिमियरमा तेस्रो सिजनको पहिलो एपिसोड स्क्रिनिङ गरिएको थियो । तेस्रो सिजनलाई रोनिस्मा श्रेष्ठले होस्ट गर्नेछिन् । प्रमोद र छेवाङबाहेक मेलिना राई र मिलन नेवार पनि जजको रुपमा छन् ।

तेस्रो सिजनको प्रसारण शुक्रबार राती ८ बजेदेखि हिमालय टिभीमा ब्लाइन्ड अडिसनदेखि सुरु हुनेछ । ब्लाइन्ड अडिसनबाट ४८ जना प्रतिस्पर्धी छनोट हुनेछन् ।साउन ३२ गते हुने फिनालेमा तेस्रो सिजनले विजेता पाउनेछ ।दुई महिना चल्ने तेस्रो सिजनमा नयाँ विशेषता थपिएको छ । ‘भ्वाइस अफ नेपाल’मा जस्तै यो सिजनदेखि भ्वाइस किड्समा पनि पहिलोपटक कोचलाई ब्लकको अधिकार प्रदान गरिएको छ ।

लाइभ शोमा २४ जनाले प्रवेश पाउनेछन् । साथै, एक जना कोचले ब्याटलमा दुई जनालाई स्टिल गर्न पाउने सुविधा पनि थपिएको छ ।प्रतियोगितामा ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले प्रतिस्पर्धा गर्न पाउनेछन् ।