२०८१ मंसिर ११ , मंगलबार

गाजा युद्धसम्बन्धी राष्ट्रसङ्घीय अनुसन्धान पक्षपातपूर्ण रहेको इजरायलको दाबी

Capture

सुनाखरी न्युज/ काठमाडौं।

गाजामा हमासविरुद्धको युद्धमा मानवताविरोधी अपराध गरेको भेटिएको भन्ने संयुक्त राष्ट्र सङ्घको अनुसन्धानलाई इजरायलले पक्षपातपूर्ण भन्दै आरोपको खण्डन गरेको छ ।गाजा युद्धमा राष्ट्रसङ्घका विज्ञले गरेको पहिलो गहन अनुसन्धान प्रतिवेदनले इजरायली र प्यालेस्टिनी सशस्त्र समूहले युद्ध अपराध गरेको पनि पत्ता लगाएको छ।

इजरायल र प्यालेस्टिनी क्षेत्रमा भएको अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनको अनुसन्धान गर्न संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्ले सन् २०२१ मेमा अनुसन्धान आयोगको स्थापना गरेको थियो ।संयुक्त राष्ट्र सङ्घको स्वतन्त्र अनुसन्धान आयोगले बुधबार जारी गरेको प्रतिवेदनमा इजरायलले ‘युद्ध अपराध, मानवता विरुद्धको अपराध’ र अन्य अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको जानकारी गराइएको छ ।

प्रतिवेदनमा ‘गाजाका आम–नागरिकविरुद्ध इजरायलले व्यापक र निर्देशित आक्रमण गरेको उल्लेख गरिएको छ ।इजरायली विदेश मन्त्रालयले आयोगको अनुसन्धान प्रतिवेदन पक्षपातपूर्ण र स्पष्ट इजरायल विरोधी एजेन्डाबाट प्रेरित रहेको दाबी गर्नुका साथै इजरायली सेना (आईडीएफ) विरुद्धको झूटा आरोप र मानहानियुक्त भएको मन्त्रालयले बताएको छ ।आयोगले गत अक्टोबर ७ को आक्रमणमा हमास र अन्य सशस्त्र समूहका सदस्यहरूले पनि हत्या, हताहत, दुब्र्यवहार, बन्धक र यौनिक तथा लैङ्गिक हिंसाजस्ता अपराध गरेको पुष्टि गरेको छ ।

“हमास र प्यालेस्टिनी सशस्त्र समूहहरूले तुरुन्तै हवाई आक्रमण बन्द गर्नुपर्छ र सबै बन्धकलाई रिहा गर्नुपर्छ,” संयुक्त राष्ट्रसङ्घकाका पूर्व अधिकार प्रमुख र अन्तर्राष्ट्रिय फौजदारी अदालतका पूर्व न्यायाधीश नाभी पिल्लेले भन्नुभयो ।हमासले संयुक्त राष्ट्रसङ्घको उक्त प्रतिवेदनमा हालसम्म कुनै टिप्पणी गरेको छैन।  रासस/एएफपी