२०८१ पुष १० , बुधवार

प्रतितोला चार सय रूपैयाँ घट्यो सुनको भाउ

Gold

सुनाखरी न्युज/ काठमाडौं।

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यस दिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी शुक्रबार प्रतितोला १८ सय रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।