२०८१ आश्विन ५ , शनिवार

छ‍ोरी सोनाक्षीको बिहेबारे बुवा शत्रुघ्नको यस्तो प्रतिक्रिया

OIP (1)

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा प्रेमी जहीर इकबालसँगको विवाहलाई लिएर चर्चामा छन् । मिडिया रिपोर्टका अनुसार अभिनेत्री चाँडै नै आफ्नो लामो समयका प्रेमी जहीर इकबालको दुलही बन्न लागेकी छिन् । अभिनेत्री जहीरसँग २३ जुनमा मुम्बईमा विवाह बन्धनमा बाँधिने खबर आइरहेको छ । यद्यपि यी खबरहरू नायिकाले पुष्टि गरेकी छैनन् । यसैबीच उनका पिता, अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हाको बयान बाहिर आएको छ।

भाई लव सिन्हाले विवाहको बारेमा स्वयम् सोनाक्षीलाई नै सोध्न सुझाव दिएका छन् ।  शत्रुघ्न सिन्हाले हालै एक कुराकानीमा आफ्नी छोरी सोनाक्षीको विवाहको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए । उनीहरुलाई पनि मिडियाबाट सुनेको जति थाहा छ । यसअघि सोनाक्षीका पिताले यसबारेमा प्रतिक्रिया दिँदा आफू दिल्ली भएको र यसबारेमा मिडियामा सुनेकोबाहेक केही थाहा नभएको बताए ।

उनी आफ्नी छोरीको हरेक निर्णयमा विश्वास भएको तथा त्यस्तो केही भएमा आफू र आफ्नी श्रीमतीले उनीहरुलाई आर्शिवाद दिने बताए ।योसँगै उनले भावुक भएर छोरीको निर्णयमा आफूलाई पूर्ण विश्वास रहेको बताए । शत्रुघ्नले भने, ‘हामीलाई सोनाक्षीमा पूर्ण विश्वास छ । उसले कहिल्यै कुनै अवैध वा गलत निर्णय लिने छैन । उनी वयस्क छिन्, उनीसँग आफ्नै निर्णयहरू लिने अधिकार छ ।सोनाक्षी सिन्हा र जहीर इकबाल लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् ।