२०८१ मंसिर ३ , सोमवार

भारतकी रजनी प्रभा भइन् “इन्डो नेपाल रिसर्चर आइकन अवार्ड –२०२४” तथा “बेस्ट पेपर प्रेजेन्टेसन अवार्ड –२०२४” बाट सम्मानित

WhatsApp Image 2024-06-14 at 15.13.35_109bb641

सुनाखरी न्युज/ काठमाडौं ।

केन्द्रीय हिन्दी विभाग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ, समाज कार्य विभाग, महात्मा गान्धी काशी विद्यापीठ वाराणसी (भारत), अपराजिता फाउन्डेसन (नेपाल) एवं गुरु विद्यापीठ, रोहतक (भारतको) संयुक्त तत्त्वधानमा “वैश्विक परिदृश्यमा भारत-नेपालमा सामाजिक परिवर्तन” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन, सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोह समारोहको आयोजन गरिएको थियो। यो कार्यक्रम त्रिभुवन विश्वविद्यालयको इन्डोटोरियम हलमा आयोजित थियो।

यस कार्यक्रममा बाबा साहेब डा. भीमराव अम्बेडकर बिहार विश्वविद्यालयमा शोधकार्य गरिरहेकी साहित्यकार तथा शिक्षाविद् रजनी प्रभालाई ‘इन्डो नेपाल रिसर्चर आइकन अवार्ड २०२४’ तथा ‘बेस्ट पेपर प्रिजेन्टेसन अवार्ड २०२४’ बाट सम्मानित गरियो। यस कार्यक्रमका मुख्य अतिथि उपप्रधानमन्त्री माननीय नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो तथा अन्य अतिथिहरूमा सांसद अमरेशकुमार सिंह, डा. चन्द्रशेखर सिंह (भारत), डा. संजीता वर्मा (नेपाल), डा. विकास शर्मा (भारत), श्री डिल्लीराम शर्मा संग्रौला (नेपाल), डा. कुमारी लक्ष्मी जोशी (नेपाल), ब्राण्ड एम्बेसेडर डा. सुलक्षणा अहलावत (भारत) लगायत भारत तथा नेपालका प्रबुद्ध व्यक्तित्वहरूको गरिमामय उपस्थिति थियो। यस कार्यक्रममा भारतका अन्तर्राष्ट्रिय लोक कलाकार पद्मश्री महावीर गुड्डु पनि हुनुहुन्थ्यो। उहाँका टिमको सांस्कृतिक प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।