सुनाखरी न्युज/ काठमाडौं ।
पद्मकन्या बहुमुखी कैम्पसका उपप्राध्यापक डिल्लीराम शर्मा संग्रौला (संस्कृत, पत्रकारिता तथा हिन्दी विषयका विभागीय प्रमुख) र हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा प्राध्यापनरत सहायक प्राध्यापक विनोदकुमार विश्वकर्मा ‘वैश्विक मानवीय पुरस्कार – २०२४’ ( Global Humanitarian Award – 2024 ) बाट सम्मानित हुनुभएको छ ।
हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय (काठमाडौँ), समाज कार्य विभाग, महात्मा गान्धी काशी विद्यापीठ, वाराणसी (भारत), अपराजिता फाउन्डेशन (काठमाण्डौ) एवं गुरु विद्यापीठ, रोहतक (भारत) को संयुक्त तत्त्वावधानमा गएको जेठ २७ र २८ गते शिक्षा शास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको अडिटोरियम हलमा आयोजित वैश्विक परिदृश्यमा भारत – नेपालमा सामाजिक परिवर्तन विषयक दुई दिवसीय अंतरराष्ट्रिय सम्मेलनमा उपप्राध्यापक डिल्लीराम संग्रौला र सहायक प्राध्यापक विनोदकुमार विश्वकर्मालाई प्रमाण – पत्रसहित रुद्राक्षको माला र खादा ओढाई सम्मान गर्नुभयो ।
संग्रौला र विश्वकर्मालाई साहित्य र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत वैश्विक मानवीय पुरस्कार २०२४ बाट सम्मान गरिएको हो । यस संगोष्ठीका मुख्य अतिथि माननीय नारायण काजी श्रेष्ठ (उप प्रधानमंत्री तथा विदेश मंत्री) हुनुहुन्थ्यो ।
सोही अवसरमा विशिष्ट अतिथिहरू डॉ. अमरेश कुमार सिंह (प्रतिनिधि सभा सदस्य), सह आचार्य डा. चन्द्रशेखर सिंह (समाज कार्य विभाग ), महात्मा गान्धी काशी विद्यापीठ ,वाराणसी , भारत . , डा. विकास शर्मा (निर्देशक ) , गुरु विद्यापीठ ,रोहतक , भारत. , डा. संजीता वर्मा ( विभागीय प्रमुख , हिन्दी केन्द्रीय विभाग , त्रिभुवन विश्वविद्यालय ) , प्रा. महेन्द्र मोहन वर्मा (विभागीय प्रमुख , समाज कार्य विभाग), महात्मा गान्धी काशी विद्यापीठ ,वाराणसी , भारत. , ब्रांड एम्बेसडर डा. सुलक्षणा अहलावत (भारत), अंतरराष्ट्रिय लोक कलाकार पद्मश्री डा. महावीर गुड्डू तथा उपप्राध्यापक डा. कुमारी लक्ष्मी जोशी ( हिन्दी केन्द्रीय विभाग ) समेतको उपस्थिति रहेको रहेको थियो ।