२०८१ मंसिर २ , आइतवार

कांग्रेस र एमालेको बहिस्कारपछि काठमाडौंको नगरसभा स्थगित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगर सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो ।

कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

बैठक स्थगित भएपछि मेयर शाहले आक्रोशित हुँदै सामाजिक सञ्जालबाट कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी दिएका छन् ।