२०८१ आश्विन ११ , शुक्रवार

२१ सय विन्दु मुनि पुग्यो नेप्से, कारोबार रकम पनि घट्यो

Share

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक घटेको छ।आज नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ।

यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।बिहीबार छ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९७ करोड रूपैयाँ कमी आएको हो।यस दिन ३१७ वटा धितोपत्रको एक करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनबेच भएको हो।