२०८१ मंसिर १३ , बिहिवार

संयुक्त प्रेस विज्ञप्ति: भ्रामक सूचना संप्रेषण गरेकोभन्दै सुनचाँदी क्षेत्रका तीन महासंघको ध्यानाकर्षण

sssssssss

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको शुक्रपथ विशालबजारको ठेगाना दिई गहना व्यवसाय गर्ने एक फर्मले “सुनको मूल्य अत्याधिक बढेकोले ज्याला र जर्तिमा भारी छुट” को आकर्षक विज्ञापन प्रकाशित गरी आम उपभोक्तामा भ्रम छर्ने, गहना व्यवसायीहरुलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढ बीच द्वन्द्व सिर्जना गर्ने कार्य गरेको भन्दै सुनचाँदी क्षेत्रका तीन महासंघको गंभीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष अजर्सन रसाइली, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यद्धारा आइतबार संयुक्तरुपमा जारी विज्ञप्तिमा उपभोक्ता , ब्यवसायी र नियमनकारी निकायलाई समेत भ्रममा पार्नेगरी गलत तरिकाले विज्ञापन तथा प्रचार प्रसार नगर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भिनएको छः

राज्यले गहना व्यवसायको संचालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका आदि जारी नगरेको विद्यमान अवस्थामा गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता संगठनहरुले आपसी सहमतिमा निर्धारण गरेको विधि र पद्दति अनुरुप मुलुकभर व्यवसाय संचालन एवं यस सम्बन्धि विषयहरु व्यवस्थापन हुँदै आएकोमा त्यसरी फर्म विशेषले आँफू खुशी “धमाका अफरहरु” दिएर गरिने भ्रमात्मक विज्ञापनले राज्य, आम उपभोक्ताको साथै यस क्षेत्रमा संलग्न व्यवसायी एवं कालीगढ बीच विश्वासको संकट पैदा गराउने स्पष्ट छ ।
मजदुरको पारिश्रमिक, निर्माण क्षति(जर्ती), ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्रहरु जारी भएका छन् । साथै नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती बापत १० प्रतिशत थप शोधभर्ना दिने नियम छ । टक्सार विभागमा सिक्का टकमरी गर्दा ७.२ प्रतिशत जर्तिको व्यवस्था रहेको छ । माथिका यी व्यवस्थाहरूलाई मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना बिक्री गर्ने विज्ञापनले सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट छ ।
हेर्दा नाफा नहुने तर घुमाउरो पाराले गुणस्तरमा सम्झौता गर्ने, बैंकिङ प्रणाली बाहेकको अनौपचारिक रुपमा भित्रिएको कमसल सुनको प्रयोग गर्ने र कालीगढको मुनासिव ज्यालामा संकुचन गरी अपारदर्शी र विधि विपरीत नाफा लिने प्रवृत्ति हावी हुन सक्ने भएकोले यस्ता अवान्छित क्रियाकलापलाई रोकी पारदर्शिता एवं स्वस्थ प्रतिस्पर्धा र स्वस्थ व्यवसायको अभिवृद्धिको लागि सम्बन्धित व्यवसायीहरुमा ध्यान देओस् भन्ने हामी चाहन्छौं । साथै सम्बन्धित व्यवसायीहरूलाई यस्तो विज्ञापन फिर्ता लिन र आगामी दिनमा यस्तो कार्य कसैले पनि नगर्न÷नगराउन महासंघ सचेत गराउन चाहन्छौं । साथै हालसम्मको साथ सहयोगको लागि आम उपभोक्ताप्रति आभार व्यक्त गर्दै सस्तो लोकप्रियताको यस्तो भ्रमपूर्ण विज्ञापनको पछाडि नलाग्न अनुरोध गर्न चाहन्छौं ।
साथै नेपाल सरकारले आर्थिक वर्ष २०८१÷८२को बजेट मार्फत सुनको आयातमा लगाउदै आएको भंसार शुल्कमा अस्वाभाविक रुपमा वृद्धि गरी २० प्रतिशत पु¥याएकोले संपूर्ण गहना व्यवसाय नै धरासायी हुने अवस्था आएकोले पुरानै दर कायम राख्नुपर्ने साथै आवश्यक कानूनको तर्जुमा एवं निर्देशिका कार्यान्वयन हुनुपर्ने लगायतका मागहरु राखी संयुक्त रुपमा शान्तिपूर्ण संघर्ष भइरहेकोले देशभरका गहना व्यवसायीहरु एवं संघहरुलाई यस कार्यमा ऐक्यवद्धता प्रस्तुत गर्न यसै विज्ञप्ति मार्फत आह्वान गर्दछौं ।