२०८१ मंसिर ९ , आइतवार

टी–२० विश्वकप क्रिकेट: ७ ओभरमा नेपालले गुमायो ५ विकेट

nepal-cricket-team-2024-world-cup (1)

सुनाखरी न्युज/ काठमाडौं ।

टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले सात ओभरमा पाँच विकेट गुमाएको छ ।

पाँचौ विकेटको रुपमा सन्दीप जोरा १ रन बनाएर आउट भए । उनले ८ बल सामना गरेका थिए ।

यसअघि आशिफ शेख १७, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल ४ र अनिल कुमार साह शून्य रनमा आउट भएका थिए ।

नेपालले ३० रन बनाएर खेलिरहेको छ ।

तन्जिम हसन सकिबले चार ओभरमा दुई मेडन राख्दै ४ विकेट लिएका छन् । उनले ७ रन मात्र खर्चिएका छन् । मुस्तफिजुर रहमानले १ विकेट लिएका छन् ।