सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। यसदिन सुन प्रतितोला छ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार प्रतितोला १८ सय रूपैयाँमा किनबेच भइरहेको छ।