२०८१ असार १३ , बुधवार

भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेल सकियो

Oil Line

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली सेनाले काठमाडौंको भद्रकालीमा सञ्चालन गरेको पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेल अभाव भएको छ ।भद्रकालीको पम्पमा पेट्रोल/डिजेल छैन लेखिएको बोर्ड झुण्ड्याइएको छ । सेनाको पम्प समेत बन्द हुँदा इन्धन भर्ने प्रतिक्षामा लामो समयदेखि लाइनमा बसिरहेकाहरु झन् समस्यामा परेका छन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् ।

अधिकांश निजी पेट्रोल पम्पहरुले बिक्री वितरण बन्द गर्दा नेपाली सेना र नक्शालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट भने बिक्री भइरहेको थियो ।